Madhyabindu News App
समाज

सिन्धुपाल्चोकका आगलागी पिडितलाई राहत सहयोग

Madhyabindu Online

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला पाँच पोखरी थाङ्पाल गा,पा -५ गुन्सामा भएको आगलागी पीडित जेठा बोम्जन लगायतका परिवार लाई राहत गपलब्ध गराइएको छ । नेपाली कांग्रेस सुचना तथा प्रचार प्रसार बिभागका केन्द्रिय सदस्य एवं समाज सेवि सागर कुमार श्रेष्ठ र युवा नेता घननाथ तिवारीको पहलमा उक्त राहत सहयोग उपलब्ध गराइएको हो ।

गत मंसिर ३ गते विद्युतिय समस्याका कारण लागेको भीषण आगलागीले उनी र उनी संगै बसेको उनको दुई छोराको घर समेत क्षण भरमै खरानिमा परिणत गरिदिएको थियो।उक्त आगलागी बाट उनले लगाएको एकसरो लुगा बाहेक घरभरी भर्खरै भित्र्यायको अन्नपात मजदुरी गरेर कमाएको केही नगद ओढ्ने ,ओछ्याउने सबै जलेर नस्ट भएको स्थानिय समाजसेवी एवं कांग्रेस युवा नेता प्रकाश सापकोटाले जानकारी दिए ।

कांग्रेस युवा नेता सागर श्रेष्ठको पहलमा रोटरी क्लब अफ भादगाउँको सहयोगमा उपलब्ध दुइवटा आक्वा बक्सका साथमा केही समाजसेविहरुको ब्यक्तिगत सहयोगमा चामल,ब्लाङ्केट ,म्याट ,तेल र प्रती परिवार रु, ५ हजारले जम्मा १५ हजार नगद सहितको टोली शुक्रबार घटनास्थल पुगेको हो ।

छोटो समयमै राहतका लागि रोटरी क्लब अफ भादगाउँ र बिशेष गरि मनोज कंडेल तथा मेलम्चि-१३का कांग्रेस नेता घननाथ तिवारी, कांग्रेस नेतृ गंगा चापागाईं, आशिष खड्का ,बिनोद कार्की ,अर्जुन खनाल ,ओम बहादुर गिरि ,युबराज गिरि ,राजेश हिमालय ,सुर्य बहादुर अधिकारी ,महेस श्रेष्ठ कांग्रेस क्षेत्रीय सचिब प्रकाश् श्रेष्ठ  का साथै राहत बितरणमा सहजीकरण गर्ने गुन्साका स्थानीय  पासाङ ,नवीन ,निमा गुन्सा का जनप्रतिनिधि एक्क बहादुर तामाङ ,पदम तामाङ थाङ्पाल्कोट ४ का वडा अध्यक्ष राम बहादुर तामाङ ,समाजसेवी तिर्थ बहादुर गोले ,मान बहादुर तामाङ प्रकाश सापकोटा ,सुन्दर सापकोटा, नेबिसंघ नेता निश्चल गिरी लगायत सबैको सहयोग रहेको कांग्रेस नेता श्रेष्ठले जानकारी दिए ।

साथै उक्त राहत वितरणमा सक्रिय टोलिले यसै मिडिया मार्फत आागलागी पिडित जेठा बम्जन को परिवारलाइ थप सहयोगका लागि सबैमा हार्दिक अपिल पनि गरेको छ ।

Tags

छुटाउनु भयो कि ?