Madhyabindu News App
मुख्य खबर​

पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना पुष्टि

Madhyabindu Online

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक हजार १३ पुरुष र ६६१ महिलामा सक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ संख्या पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा ८ सय ९९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

शनिबार संक्रमित पुष्टि हुनेमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय २३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको १ लाख ९३ हजार ३ सय २५ संख्या पुगेको छ । २४ घण्टामा जम्मा ८ हजार १४४ पीसीआर परीक्षण भएका छन् ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय ५ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?