Madhyabindu News App
समाज

चन्द समूहका दुई कार्यकर्ता ललितपुरबाट पक्राउ

Madhyabindu Online

ललितपुर – प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका दुई जना कार्यकर्तालाई ललितपुरबाट प्रहीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४१ वर्षीय प्रेम दर्नाल र ३९ वर्षीय सञ्जिव नेपाली रहेका छन् । शुक्रबार राति ललितपुर महानगरपालिकाको ज्वागलबाट उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार उनीहरू चन्द समूहका केन्द्रीय आर्थिक विभागका सदस्यहरू हुन् । उनीहरूमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?