Madhyabindu News App
मुख्य खबर​

काठमाडौँ महानगरले भोलिबाट नि:शुल्क पीसीआर परीक्षण गर्ने

Madhyabindu Online

काठमाडौं – आइतबारबाट काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन नि:शुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ ।

सरकारले तोकेको मापदण्डभित्रका व्यक्तिहरुको पीसीआर परीक्षणको लागि स्वाब संकलन कार्य पुन: सुरु गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

शनिबार राष्ट्रिय विभूति शंखधर शाख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको सालिक अनावरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आइतबारबाट नि:शुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने बताएका हुन् ।

कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई पीसीआर टेष्ट गर्न महानगर प्रमुख शाक्यले आग्रह गरेका छन् । यस्तै, कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न ‘मोबाइल भ्यान’ सञ्चालन गर्ने तयारी समेत रहेको उनले बताए ।

महानगरले परीक्षणको दायरा बढाउने तयारी गरेको भन्दै उनले उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको बताए ।

Tags

छुटाउनु भयो कि ?