Madhyabindu News App
मुख्य खबर​

लिबियामा तैनाथ नेपाली सेनाको टोली स्वदेश फिर्ता

Madhyabindu Online

काठमाडौं – संयुक्त राष्ट्र संघ अन्तर्गत यूएन्समिल यूनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियामा तैनाथ नेपाली सेनाको स्पेशल गार्ड युनिट दोश्रो डफ्फाको टोली स्वदेश फिर्ता भएको छ ।

सेनानी राजेश रानाको कमाण्डमा रहेको १ सय १२ जना शान्ति सैनिकको टोली आज बिहान काठमाडौं आईपुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो टोलीलाई बदली गर्न हिजो सेनानी हिमाचल जंग शाहको कमाण्डमा स्पेशल गार्ड युनिट तेश्रो डफ्फाको टोली लिबिया पुगेको थियो । तेस्रो डफ्फामा १ सय १३ जना शान्ति सैनिक छन् ।

२ सय २८ जना शान्ति सैनिक कार्यरत रहने यूएन्समिल मिशनको लागि गत कात्र्तिक १५ र १६ गते १ सय १५ जना शान्ति सैनिक बदली भईसकेको नेपाली सेनाले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?