Madhyabindu News App
खेलकुद

पार्कीले उचाल्यो नेपालगञ्ज म्याराथनको उपाधि

Madhyabindu Online

नेपालगञ्ज – छैठौं नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले जितेका छन् ।

शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गर्द उपाधि हात पारेका हुन् । नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरे । पहिलो उपाधिसँगै गोपीले ७५ हजार रुपैयाँ हात पारे ।

दोस्रो भएका बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयााँ प्राप्त गरे । महिला हाफ म्याराथन तर्फको उपाधि विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले हात पारिन् ।

पुष्पाले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम भईन् । पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गरिन् । कर्णाली प्रदेशकी मन्जु रावत दोस्रो भईन् । मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै १५ हजार रुपैयाँ जितिन् ।

लुम्बिनी प्रदेशकि शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरिन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले नेपालगञ्ज म्याराथनमा प्रथम हुनेले जापानको टोकियोमा हुने ओलम्पिकमा भाग लिन पाउने बताए ।

Tags

छुटाउनु भयो कि ?