पञ्चाङ्ग निर्णायक समितिमा धर्मशास्त्र र ज्योतिष विज्ञलाई नियुक्त गर्न माग

पारस खड्का दशककै उत्कृष्ट क्रिकेट खेलाडीको मनोनयनमा
काठमाडौं – नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का ‘आईसीसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् ।
आईसीसीले सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटर मध्ये एशोसिएट विधाको मनोनयनमा परेका हुन् । आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड को ६ जनाको अन्तिम सूचीमा पारस परेका हुन् ।
मनोनयनमा नेपालबाट खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक खेलाडी मनोनयनमा परेका छन् ।
स्कटल्यान्डका रिची बेरिनटन, केल कोइजर र कोलम म्याकलियोड तथा नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा एन्ड न्युगिनीका असद भाला समेत मनोनयनमा परेका छन् । आइसिसीले विश्व क्रिकेटको पुरुष तथा महिला खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ ।
यस वर्ष आईसीसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी (महिला तथा पुरुष), दशकको एशोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
अवार्डका लागि मनोनयनमा परेका खेलाडीलाई मत दिन आईसीसीले आफ्नो वेभपोर्टलमा व्यवस्था गरेको छ । आइसिसीले सो अवार्ड आगामी पुस २ गते घोषणा गर्ने जनाएको छ ।
राष्ट्रिय टिमको कप्तानबाट २०७६ साल असोज २८ गते राजीनामा दिएका उनी अहिले पनि राष्ट्रिय टोलीका सदस्य हुन् । खड्का २००९ मा विनोद दासको ठाउँमा नेपाली टोलीको कप्तान बनेका थिए ।