Madhyabindu News App
अन्तर्राष्ट्रिय

रुसले उत्पादन गरेको खोप २० डलर भन्दा कममा बिक्री गर्ने

Madhyabindu Online


A A- A+

काठमाडौं – कोरोना भाइरुस कोभिड–१९ विरुद्धको खोपको प्रभावकारीतालाई लिएर निर्माणकर्ताहरुबीच होडबाजी चलिरहेका बेला रुसले अन्य देशमा उत्पादन भइरहेको खोप भन्दा सस्तो मूल्यमा बिक्री गर्ने जनाएको छ ।

रुसमा स्पुतनिक भी खोपको विकास गरिरहेका विकासकर्ताले २० डलर भन्दा कम मूल्यमा खोप बिक्री गर्ने बताएका हुन् । जुन अमेरिकी र बेलायती कम्पनीले तोक्ने भन्दा कम मूल्य हुने जनाएको छ ।

रसियन नागरिकका लागि भने खोप निशुल्क दिइने जनाइएको छ । स्पुतनिक भी खोप ९५ प्रतिशत सफल भएको दाबी गरिएको छ ।

सो खोपलाई माइनस १८ डिग्री सेल्सियससम्म भण्डारण गर्न सकिने विकासकर्ताले जनाएका छन् । विश्वका ५० राष्ट्रले स्पुतनिक भी खोप खरिद गर्ने बताइसकेका छन् ।

Tags

छुटाउनु भयो कि ?