Madhyabindu News App
राजनीति

अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा

Madhyabindu Online


A A- A+

रुपन्देही – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाएका छन् । पौडेलविरुद्ध तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए ।

लुम्बिनी प्रदेशको राजधानी पदसँग साटेको भन्दै नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले आज बिहान बुटवलको नेपालगञ्जरोडमा अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन् ।

हिजोदेखि बुटवलका विभिन्न कार्यक्रममा सहभागी अर्थमन्त्री पौडेल बिहान बुटवलबाट सैनामैना नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा जाँदै थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री पौडेललाई प्रदेशको राजधानी सार्दा मौन बसेको र विकासका काम चुनावी प्रचारमा मात्र सीमित राखेको आरोप सहित कालो झण्डा देखाएका हुन् ।

प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?