पञ्चाङ्ग निर्णायक समितिमा धर्मशास्त्र र ज्योतिष विज्ञलाई नियुक्त गर्न माग

प्रहरीको गोली लागेका महोत्तरीमा एक जनाको मृत्यु
बर्दिबास – बालिका हत्याको महोत्तरीको बर्दिबासमा विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
बर्दिबास नगरपालिका वडा नम्बर १४ मा ६ वर्षीया बालिकाको हत्या भएपछि भएको प्रदर्शनको क्रममा: प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको मृत्यु भएको हो ।
दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
हत्या भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पूर्वपश्चिम राजमार्गमा राखेर विरोध गर्ने क्रममा: मंगलबार प्रहरीले गोली चलाएको थियो । राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको थियो । गोली लागेर तीन जना घाइते भएका थिए ।
हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् ।
उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।