Madhyabindu News App
राजनीति

जो अगुवा उही बाटो ह..अति भो – डा. भट्टराई

Madhyabindu Online


A A- A+

काठमाडौं- नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल नेताहरू लगातार राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ धाउन थालेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार साँझ ट्विट गर्दै डा भट्टराईले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरू पटकपटक राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा संविधानमा गरिएको व्यवस्थाभन्दा पनि बाहिर भएको उनले उल्लेख गरेका छन्। डा भट्टराईको प्रश्न छ, ‘पटकपटक पार्टी/राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धारा अन्तर्गत हो?’

राष्ट्रपतिलाई सक्रिय नै बनाउने हो भने संविधान संशोधन गर्नुपर्ने उनको तर्क छ। ‘शक्तिशाली/सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं न त! नत्र यो जो अगुवा उही बाटो ह..अति भो!,’ उनको ट्विटमा उल्लेख छ।

Tags

छुटाउनु भयो कि ?