Madhyabindu News App
राजनीति

आज थापाथली क्याम्पसमा प्रचण्ड समुहको युवा–विद्यार्थी भेला

Madhyabindu Online


A A- A+

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तलतल फैलँदो क्रममा छ । शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थी भेलाको आयोजना गर्दैछ ।

भेलालाई स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पार्टी केन्द्रीय सदस्य हरि पराजुलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूका नेता दीपक बुढाथोकीले जानकारी दिए ।

“पार्टीमा के भइरहेको छ भनेर कार्यकर्तालाई सुसूचित गर्न भेलाको आयोजना गरिएको हो,” उनले  भने, “कार्यक्रममा अनेरास्ववियू, युवा सङ्घका वर्तमान र निवर्तमान नेताहरूको सहभागिता रहनेछ ।”

पार्टीको आन्तरिक किचलो बढीरहेको बेला प्रचण्ड पक्षको यो भेलालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

Tags

छुटाउनु भयो कि ?