Madhyabindu News App
कला-साहित्य

एउटा विचारप्रधान र संग्रहयोग्य पुस्तक “सि.के. प्रसाईंका विचारहरु”

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली राजनीतिक आकाशका विशिस्ट व्यक्तितब स्व.सि.के. प्रसाईंद्वारा विभिन्न समयमा लेखिएका लेख तथा राजनीतिक विचारहरु लाई एकमुष्ट रूपमा संग्रह गरिएको `सि.के. प्रसाईंका विचारहरु ´नामक कृति बजारमा आएको छ ।

पैरवी बुक हाउस प्रा.लि.ले उक्त कृतिको दोस्रो संस्करण बजारमा ल्याएको हो । निरन्तर रूपमा ऐतिहासिक महत्त्व बोकेका स्तरीय पुस्तक प्रकाशन गर्दै आएको पैरवी बुक हाउस प्रा.लि.ले यति महत्त्वपूर्ण संग्रहयोग्य राजनीतिक दस्तावेजले भरिपूर्ण पुस्तक प्रकाशन गरेर नेपाली पाठकमा ठुलो गुण लगाएको छ ।

साहित्य लेखनमा अत्यन्तै व्यस्त चर्चित साहित्यकार कृष्ण धरावासीले सम्पादन गरेको आजभन्दा करिब २६ बर्ष पहिल्यै पाठकसमक्ष पुगी केही अपर्याप्त रहेको महसुस गरि पुनः सम्पादन भै प्रकाशन भएको यो पुस्तक पठनिय का साथै एउटा विचारप्रधान संग्रहयोग्य पुस्तक भएको बुझाइ पाठकवर्गको रहेको छ ।

नेपाली राजनीतिलाई मसिनो ढंगले बुझ्नेगरि सरल भाषामा तयार गरिएको यो पुस्तक अध्ययन पश्चात् नेपाली समाज र राजनीति लाई यथार्थमा बुझ्न सहज हुने विश्वास प्रकाशकको रहेको छ ।

छुटाउनु भयो कि ?