Madhyabindu News App
मुख्य खबर​

ट्रेड युनियन कांग्रेसले गर्‍यो विज्ञ सल्लाहकार नियुक्ति

Madhyabindu Online


A A- A+

काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेसले विभिन्न विषयगत प्राविधिक विज्ञ सल्लाहकारहरु मनोनीत गरेका छन् । युनियनको मंसिर १९ र २० गते बसेको कार्य सम्पादन समिति बैठकको निर्णयले मनोनीत सल्लाहकारहरुलाई आज एक कार्यक्रमकाबिच मनोनीत गरेको पत्र प्रदान गरेको हो ।

मनोनीत हुनेमा डा. मुक्ति श्रेष्ठ-स्वास्थ्य , मोहन ज्ञवालि-शिक्षा , विजय स्वार- औद्योगिक सम्बन्ध , अधिवक्ता लक्ष्मी रावल- जेन्डर, शिशिरकुमार झा- श्रम तथा रोजगार , खगेन्द्र खत्री – संचार , सुवर्ण कर्माचार्य – मानव अधिकार तथा ट्रेड युनियन , चन्द्र ढकाल – सहकारी रहेका छन् ।

विश्व श्रम बजार र कामको संसारमा भईरहेको परिवर्तनलाई मध्येनजर गरि युनियनलाई समय सापेक्ष प्राविधिक ,शैक्षिक र सुदृढीकरण गरि श्रमिकको हकअधिकार सुनिश्चित गर्न विज्ञहरु मनोनीत गरेको ट्रेड युनियन कांग्रेसले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?