
हलिउड-बलिउड
अक्षय कुमारको पारिश्रमिक १ सय ३५ करोड
काठमाडौं – बलिउडका अभिनेता अक्षय कुमारले पारिश्रमिक बढाएका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार अक्षयले आफ्नो पारिश्रमिक १ सय १७ करोडबाट बढाएर १ सय ३५ करोड पुर्याएका छन् ।
अहिले उनको लाइनअपमा आधा दर्जन चलचित्र छन् । अक्षयले काम गर्ने फिल्मको बजेट महंगो हुँदैन ।
उनले काम गर्ने अधिकांश चलचित्रको बजेट ३५ देखि ४५ करोडको हारहारीमा हुने गर्छन् ।