Madhyabindu News App
राजनीति

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा

Madhyabindu Online


A A- A+

धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा काम गर्ने वातावरण नभएको भन्दै मन्त्री बोहराले बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई आफ्नो राजीनामा बुझाएका छन् ।

राजीनामा दिएपछि सरकारी सेवा सुविधा प्रयोग नगर्ने भन्दै उनी पैदल हिँडेरै राजनीमा बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका थिए । नेकपामा आएको विभाजनसँगै ओली पक्षीय नेता लेखराज भट्ट निकट रहेका बोहरा केही दिन यता कुनैपनि पक्षमा खुलेका थिएनन् ।

अन्तत: उनी ओली पक्षमा खुल्दै पदबाट राजीनामा दिएका हुन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ । सुदूरपश्चिम प्रदेश सरकारमा सुरुदेखि नै ओली पक्षमा खुलेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाइसकेका छन् ।

बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए । सरकारी सुविधामा गाडी र पारिश्रमिक लिएका बोहरा मन्त्री भएपछि पनि आफ्नै निवासमा बस्दै आएका थिए ।

छुटाउनु भयो कि ?