फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

‘केजीएफ २’ को टिजर रिलिज
काठमाडौं – दक्षिण भारतका सुपरस्टार यशका फ्यानहरू ७ जनवरीको रात उनको आगामी फिल्म ‘केजीएफ २’ को टीजर समय तालिका अगाडि रिलीज हुँदा अचम्मित भएका छन् ।
फिल्मको पहिलो टिजर आज यशको जन्मदिनको अवसरमा रिलीज हुने तालिका थियो । तर प्रशंसकको उत्साहलाई ध्यानमा राख्दै, निर्माताहरूले यसलाई एक दिन अघि सार्वजनिक गरे ।
‘केजीएफ’ चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार गर्यो । अब, यसको मेकर्सले यसको सिक्वेल दर्शकमाझ ल्याउने तयारी गरेको छ । विभिन्न ४ भाषामा रिलिज हुने चलचित्रको टिजर सार्वजनिक गरिएको छ ।
बिहीबार सार्वजनिक गरिएको टिजरमा यशको साथमा संजय दत्त र रविना टन्डनलाई देखाइएको छ । यो चलचित्रको निर्देशन प्रशान्त नीलले गरेका हुन् । चलचित्रमा विजय किरागन्दुरको लगानी छ । चलचित्रमा श्रीनिधी सेट्टी, प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ ।
फिल्मको टीजर रिलीज हुने बित्तिकै यो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा, ‘केजीएफ २’ को टिजर सबै ठाउँमा राखिएको छ । यसको टिजर अझै ट्विटरमा शीर्ष स्थानमा रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
यूट्युबमा रिलीज भएदेखि शुक्रबार रातिसम्म यो टीजर ६६ करोड ४७ लाख ५७ हजार भन्दा बढीले हेरिसकेका छन् । चलचित्रको पोष्ट प्रोडक्शन विगत २ वर्षदेखि चलिरहेको थियो । ‘केजीएफ’को पहिलो सिरिज सन् २०१८ मा रिलिज भएको थियो ।