Madhyabindu News App
स्थानीय तह

तीन विधेयक पारित गर्दै इन्द्रावतीको गाउँसभा सम्पन्न

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको आठौं गाउँसभा आज नवलपुरमा सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले उद्घाटन गरेको गाउँसभाआजै सम्पन्न भएको हो ।

आठौं सभालाई सम्बोधन गर्दै अध्यक्ष तामाङले आगामी बजेट महत्वाकांक्षी नभई व्यावहारिक हुने बताए । आवस्यकतालाई पहिचान गर्दै प्राथमिकताका आधारमा बजेट बिनियोजन हुने उनको भनाइ थियो ।

गाउँसभाले तीन वटा विधेयक सर्वसम्मत पास गरेको छ । पारित विधेयकहरुमा एकीकृत बस्ती विकास तथा जग्गा एकीकरण सम्बन्धी विधेयक, प्राकृतिक स्रोत तथा वातावरण व्यवस्थापन विधेयक र गाउँपालिकाका कर्मचारी कल्याण कोष सञ्चालन विधेयक रहेका छन् ।

सभामा कृषक प्रोत्साहन पुरस्कारस्वरुप वडा नम्बर ६ का कृषक शंकरनाथ न्यौपानेलाई दुर्लभ मानिएको एकै बोटमा दुई घरी केरा उत्पादन भएबापत नगद दश हजार, दोसल्लासहित सम्मान गरिएको छ ।

छुटाउनु भयो कि ?