Madhyabindu News App
स्थानीय तह

हेलम्बु गाउँपालिका अध्यक्षले सुत्केरी सम्मान गर्दै मनाए जन्मदिन

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – हेलम्बु गाउपालिकामा रहेको बर्थिङ सेन्टरमा सुत्केरी भएकी महिलालाई सम्मान गरिएको छ । २०७७ माघ १ गते विहिबार हेलम्बु गाउँपालिका– २ की देबकी ज्योती र उनको बच्चालाई हेलम्बु-७ स्थित इचोक स्वास्थ्य चौकिमा सम्मान गरिएको हो । सम्मानित नवजात शिशु इचोक स्वास्थ्य चौकिमा यस आर्थिक बर्षमा जन्मने सयौं बच्चा हो ।

बर्थिङ सेन्टरका प्रमुख विदुर जोतिका अनुसार आर्थिक वर्ष २०७४/७५ इचोक स्वास्थ्य चौकी बाट ५ जना आमाहरुले सुत्केरी सेवा लिएकोमा २०७५/७६मा ५५ जना, २०७६/७७ मा ११७ र यो आर्थिक वर्षको पहिलो ६ महिनामै १०० जना आमाहरुले सुत्केरी सेवा लिएका छन ।
हेलम्बु गा पा का स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलका अनुसार हेलम्बुका २ बर्थिङ सेन्टरमा गरि आ ब २०७४/७५ मा ५ जना (१%),२०७५/७६ मा ७४ जना (१९%) र आ ब २०७६/७७ मा १४७ जना (३७%) गर्भवती आमाहरुले सुत्केरी सेवा लिएका थिए भने ७८ जना घरमै सुत्केरी भएका र बाकीले मेलम्ची धुलिखेल काठमाडौ लगायतका अन्य स्थानमा गएर सेवा लिएका थिए ।

हेलम्बु गा पा ले आ ब २०७५/७६ बाट शुरु गरेको मात्री तथा शिशु मृत्युको जोखिम भएमा र सुत्केरी ब्यथा लागेका गर्भवतिलाइ दुइतर्फी र प्रेसण गर्नुपर्ने भए अस्पताल सम्मको निशुल्क एम्बुलेन्स सेवा,पालिका भित्रैको बर्थिङ सेन्टरमा सुत्केरी भएमा थप ३००० सहित जम्मा ६८०० दिने ब्यबस्था मिलाएको थियो । गत वर्ष देखि शुरु भएको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत ४ वटा स्वास्थ्य चौकिहरुमा भिडियो एक्स-रे सेवा रुटिनमा संचालित रहेको छ भने इचोक स्वास्थ्य चौकिमा नियमित सन्चालन भैरहेको छ । हेलम्बु गाउपालिकाले दुबै बर्थिङ सेन्टरमा सुत्केरी प्रतीक्षा घर सन्चालन गरिरहेको छ , त्यस घरमा गर्भवती ,सुत्केरी र कुरुवालाइ समेत निशुल्क खाने बस्ने ब्यबस्था गरिएको छ ।

यसै बर्षबाट गाउपालिकाले रेफरल सेन्टरको रुपमा गाउपालिकाको कार्यालय स्थित स्वास्थ्य शाखाबाट निशुल्क ल्याब र डाक्टरी सेवा समेत शुरु गरिसकेको छ । स्मरणीय छ यसै बर्षको श्रावण र भाद्र महिनामा अति जोखिममा परेका ३ जना सुत्केरी आमाहरुलाइ गाउपालिकाले सोही इचोक स्वास्थ्य चौकिबाट आफ्नै खर्चमा हेलिकप्टरबाट काठमाडौ पठाएको थियो ।
इचोक स्वास्थ्य चौकी अघिल्लो आर्थिक वर्ष पनि पहाडी र हिमाली छेत्रका स्वास्थ्य चौकिहरु मद्धे सबै भन्दा बढी प्रशुती सेवा र उत्कृष्ट स्वास्थ्य सेवा दिने संस्थाको रुपमा चिनिएको थियो ।


यसैबीच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको आजै परेको आफ्नो जन्म दिन पनि सोहि स्वास्थ्य चौकिमा गएर मनाएका छन् । यश क्रममा उनले थप ३००० रुपैया सुत्केरी आमालाइ हस्तान्तरण सहित बधाइ दिएका थिए । सोही अवसरमा अध्यक्ष शेर्पाले भने “आधारभुत सहित अब सबै नेपालिको स्वास्थ्यको जिम्मा सरकारले लिन ढिला भैसक्यो तथापि आमा र बच्चाको स्वास्थ्यको ग्यारेन्टी गर्न अझै धेरै काम गर्न बाकी छ , त्यसैले हाल स्थानिय रुपमै उपलब्ध सुरक्षित सुत्केरी सेवा लगायतका निशुल्क स्वास्थ्य सेवा लिइ मात्री तथा नवजात शिशु जोखिम सङ्गै सम्पुर्ण स्वास्थ्य जोखिम घटाउन सम्पुर्णमा आग्रह गर्दछु ।”

कोभिड १९ को माहामारी देखि नै दिर्घरोगको औषधि निशुल्क बाड्दै आइरहेको हेलम्बुले हाल उक्त सेवालाइ नितिगत रुपमै ब्यबस्थित गरिसकेको छ । यश सङ्गै स्वास्थ्य सेवामा अब्बल देखिएको हेलम्बुले आफ्ना ९ वटा स्वास्थ्य सस्थाबाट सेवा लिने र ती सस्थाहरुबाट रेफर भएमा आफ्नै एम्बुलेन्स मार्फत तोकिएको भाडा दरमा ५० प्रतिशत छुटमा बिरामिलाइ रेफरल सेन्टर पुर्याउदै आइरहेको छ भने हेलम्बुको स्वास्थ्य सेवाको मोडेल देशका अन्य स्थानिय तहहरुले पनि लागू गर्दै आइरहेका छन ।

छुटाउनु भयो कि ?