Madhyabindu News App
प्रदेश १

प्रचण्ड–माधव समूह प्रदेश १ मा कांग्रेसलाई मुख्यमन्त्री दिन तयार

Madhyabindu Online


A A- A+

विराटनगर – प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपाको प्रचण्ड–माधव समूहले राईलाई हटाउन सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । सो समूहले अविश्वास प्रस्तावमा मुख्यमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने कानुनी व्यवस्थाका कारण भीम आचार्यको नाम प्रस्ताव गरे पनि सबै विकल्पमा खुला रहेको जनाएको छ ।

उक्त प्रदेशमा नेकपाका ६७ मध्ये आफूहरुलाई ३८ सांसदको साथ रहेको प्रचण्ड–माधव समूहका नेताहरुले बताउँदै आएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा ३३ सांसद उपस्थित भए पनि आफूहरुसँग ३८ सांसद रहेको सो समूहको दाबी छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नै विवाहका लागि व्यस्त हुने भएपछि अविश्वास प्रस्ताव केही दिनपछि मात्रै पेस हुने भएको छ । प्रचण्ड–माधव पक्ष मुख्यमन्त्री पद छाड्न पनि तयार रहेको सो समूहका नेताले बताएका छन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पारित गर्न प्रचण्ड–माधव समूहको लागि तटस्थ बसेका ५ सांसदको साथ आवश्यक पर्छ ।

छुटाउनु भयो कि ?