Madhyabindu News App
शिक्षा

भौतिक कक्षा सञ्चालन सँगै अतिरिक्त क्रियाकलाप गर्दै रिलायन्स कलेज

Madhyabindu Online


A A- A+

काठमाडौं – शैक्षिक नतिजा र गुणस्तरमा सधैं अग्रणी अवस्थामा रहेको चाबहिल स्थित रिलायन्स कलेजले प्लस २ लेवलमा वक्तृत्वकला हिजो माघ 9 गते सम्पन्न गरेको छ । कोरोना संक्रमणका कारण लकडाउन शुरु भए लगत्तै उक्त कलेजले अन्लाईन अतिरिक्त क्रियाकलाप हरु सन्चालन गर्दै आएको थियोे ।

विधार्थीमा रहेको प्रतिभालाइ प्रस्फुटन गराउने उद्देश्यले भौतिक रुपमा कक्षा सुरु भएलगत्तै समाज परिवर्तनमा युवाको सहभागिता बिषयक वक्तृत्वकला कार्यक्रम भएको कलेजका प्राचार्य रबिन्द्र जङ्ग थापाले बताए । प्राचार्य थापाका अनुसार अङ्ग्रेजी र नेपाली भाषामा सम्पन्न उक्त प्रतियोगितामा कुल ३१ जना विधार्थिको सहभागिता रहेको थियो ।

कक्षा ११ मा नयाँ पाठ्यक्रममा २५ अन्क शैक्षिक अतिरिक्त क्रियाकलापहरु लगायत अन्य शिर्षक मार्फत प्रदान गर्नु पर्ने अवस्था आएकोले शैक्षिक अतिरिक्त समिति नै खडा गरेर विधार्थिको मुल्यांकन गरिएको प्राचार्य थापाले जानकारी दिए।

सो वक्तृत्वकला प्रतियोगितामा नेपाली भाषा तर्फ कक्षा ११ का अर्जुन राइ प्रथम कक्षा १२ कि प्रमिला गुरुङ द्वितीय र कक्षा १२ कै स्नेहा दहाल तृतीय भएको तथा अंग्रेज़ी भाषा तर्फ कक्षा ११ कि इशा सिंह प्रथम कक्षा १२ कि चर्चिता अधिकारी द्वितीय र कक्षा ११ कि सृजना कटुवाल तृतिय भएको शैक्षिक अतिरिक्त क्रियाकलाप संयोजक गोबिन्द ढकालले जानकारी दिए ।

माघ ५ गते बाट भौतिक रुपमा पुर्ण संचालनमा आए पश्चात् येस्ता अतिरिक्त क्रियाकलाप हरु गर्दै जाने र शैक्षिक अवस्था लाइ पनि बलियो ।बानाउदै जाने कलेजको योजना रहेको छ ।

छुटाउनु भयो कि ?