Madhyabindu News App
राजनीति

मैले हुर्काको ब्यक्ति दलालको पनि दलाल भयो : दाहाल

Madhyabindu Online


A A- A+

धनगढी – नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूले हुर्काएको व्यक्ति दलालको पनि दलाल भएको आरोप लगाएका छन् ।

धनगढीमा आफ्नै समूहद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा दाहालले लेखराज भट्टलाई लक्षित गर्दै उनी ‘दलालको पनि दलाल’ भएको आरोप लगाएका छन् ।

उनले भने, ‘मैले पटकपटक अवसर दिएको, हुर्काएको ब्यक्ति आज केपीको दलाल भएर निस्कियो । केपी आफै दलाल हुन्, उनी त दलालको पनि दलाल पो भए ।’

दाहाल-नेपाल समूहले धनगढीमा प्रनिनिधि सभा विघटनविरुद्ध प्रदेशस्तरीय विरोधसभाको आयोजना गरेको हो ।

‘नायक चित्रित ब्यक्ति कलंक भए,’ अधिकांश समय केपी ओलीको आलोचना गरेका दाहालले त्यस क्रममा भने, ‘संविधानमा संसद विघटन गर्ने प्रावधाननै छैन । संसद जीवित छ, हामी मरेका छैनौं । आवश्यकता पऱ्यो भने संसद बैठक बसालेर केपीलाई कारबाही गर्छौ ।’

छुटाउनु भयो कि ?