Madhyabindu News App
विचार-ब्लग

……..फेरि पनि म भन्छु संघीयलोकतान्त्रिकगणतन्त्र मुर्दावाद, मलाई कि नेलकडी लगा कि देश निकाला गर !

Madhyabindu Online


A A- A+

अमित घिमिरे

मानसिक उल्झनको उपचार्थ म धुलिखेल अस्पतालमा थिएँ । मलाई भएको केही हैन । सेता लिवासमा ससाना बच्चाहरु देख्दा, भर्खर विवाह उमेर भएका नारी, सेताम्य भएको देख्दा सडकमा अलपत्र भोका मान्छेहरु देख्दा, मालिक विहिन कुकुरहरु घाऊचोट ग्रस्त देख्दा, छोप्छ छारे रोगले झै । छोप्ने नै मेरो व्यथा थियो ।

म अघिल्लो दिन साँझ नै धुलिखेल आएर बास बसेको थिएँ । जहाँ बसेपनि विहानै हिँड्नु मेरो दैनिकी हो । दैनिकी अनुसार म विहानी सत्रको हिँडाइमा थिएँ । मैले उनलाई धुलिखेल अस्पताल जाने बाटोको जेब्रक्रसिङको कुनामा फोहर फाल्ने ठाँउमा देखें ।

मानिसहरु आआफ्नो घरबाट निस्केको फोहर प्लाष्टिकको झोलामा लिएर आउथ्ये र फाल्थ्ये । ऊ झोला खन्याउदै मानिसले नखाएर वा खान नहुने भनेर फ्यालेका कुराहरु खाँदै थियो । एक झुण्ड कुकुर र ऊ दुवै एकै मानकमा खोज्दै खाँदै थिएँ ।

शान्त निस्केको म त्यो दृष्यले मलाई एकाएक ततायो । थाहा छैन कहाँ के भयो तर ममा मानसिक विचलन शुरु भयो । म वारी बसेर हेरिरहें ।

१२ अक्षरको लामो व्यवस्थाको नामाकरण गरेर, शब्दजालको फुर्कै फुर्का जोडेर मात्र देश देश भएको हुन्न । यदी यस देशको कुनै नागरिक र गल्लीको भुसिया कुकुरको जीवन परिभाषा एकै हुन्छ भने म भन्छु “संघीयलोकतान्त्रिकगणतन्त्र – मुर्दावाद ।” जतिसुकै लामा, ठूला कुरा गरेर के नाप्छ जब कुकुर र मान्छे दुवै एउटै चिज खानका लागि लडाई पर्छ भने फेरि पनि म भन्छु म भन्छु “संघीयलोकतान्त्रिकगणतन्त्र मुर्दावाद, मलाई कि नेलकडी लगा कि देश निकाला गर् ।” हो म व्यवस्था विरोधी हूँ, म प्रतिगामी हूँ , म पश्चगमनकारी हूँ ।

देश भनेको राजनीति दलहरुले भाग बण्डा गरेर सत्ता समीकरणमा आलोपालो राज गर्नु मात्र हो रु ठाउँका, चोकका नाम फेरेर देश नयाँ हुन्छ हो रु कुकुरसंगै सिंघौरी गरेर एका विहानै मानिसहरुले नखाने फोहर मल भनेर फ्याकेको खान पनि पाउँदैन भने म फेरि भन्छु “संघीयलोकतान्त्रिकगणतन्त्र मुर्दावाद, मलाई कि नेलकडी लगा कि देश निकाला गर् ।” हो म प्रतिगमनको बान्ता गरिरहेछु । म अनागरिक हूँ ।

यसोरी नागरिकले मलमुत्र खानु पर्छ भने यो व्यस्था कसका लागि । यो जीवन शैलीले के ६०१ डाम्नालाई घाँस हाल भनेको हो हैन रु लुटेराहरु काँचुली फेरेर गढ्यौलाहरु बनेका हुन् । बिसौं हजार नेपालीको कुर्वानी र प्राप्त अधिकारलाई स्वाहः पार्न, श्रीपेच एवम् कल्की मोहका लालचीहरु नागरिकहरुको उपहास गरिरहेका छन् । हेर् हर गल्ली चोक चौराहमा यस्ता नागरिक । जबसम्म यिनीहरुले नागरिकको दर्जा पाउने छैनन् तब सम्म म भनि रहन्छु संघीयलोकतान्त्रिकगणतन्त्र मुर्दावाद, मलाई कि नेलकडी लगा कि देश निकाला गर् । म हर हप्ता यस्ता प्रतिनिधि अनुहारहरु खोज्ने छु र भनिरहने छु ।

ए १ संघीयलोकतान्त्रिकगणतन्त्रका कथित मसिहाहरु हो तिमीहरुको जय भएर तिमीहरुले अकूत कमाएर वैभवको जीवन बाँचेर तिम्रा छोरानाति सपारेर स्वाधीनता वन्धक राखेर देशमा विस्तारवादी एनजीओआएनजीओ हुलेर नागरिकको चेतनामा नशबन्दी गरेर माग्ने बनाएर, दया र कृपाको पात्र बनाएर, दाश बनाएर अरुप्रति आसे बनाएर संघीयलोकतान्त्रिकगणतन्त्र सफल भएको ठहर्छ हो रु खान नपाउने, पढ्न नपाउने, उपचार गर्न नपाउने, सामान्य नागरिकले, हुँदा मात्र खान पनि नपाएकाहरुको, मजदुर, विपन्न, चर्चर्ती पैतला फुटेका, पसिना गन्हाउनेहरुको, बोलिदिने कोही नभएकाहरुले यदि यो देशको शासन सत्ताप्रति अपनत्व गर्दैनन् भने म फेरि पनि भन्छु संघीयलोकतान्त्रिक गणतन्त्र मुर्दावाद, मलाई कि नेलकडी लगा कि देश निकाला गर ।

म उस्सै बर्वराउँछु । टहरा मानकको चिया दोकान खुलिसकेका छन् । शायद रातभरिका विरामी कुरुवा होलान् चिया चुरोट खान आइसकेका छन् । म पनि छिर्छु र चियाको अर्डर दिन्छु २ कप । पारी गएर उसलाई वोलाउँछु । ऊ डराउँछ । फकाउँछु । चिया खान भनेर पाखुरामा समातेर ल्याउँछु । तर ऊ होटलभित्र छिर्न डराउँछ ।
चियावाल भन्छ वाहिर बसोस त्यो । गन्हाउँछ । दुःख दिन्छ ।

चियावाला मसँग पनि खुशी छैन । उसका आँखा बोलिरहेका हुन्छन् । प्लाष्टिकको गिलासमा चिया समाउन दिन्छ उसको लागि र मेरो लागि सिसाको गिलास । एक पौन पाउरोटी र चिया उसलाई लगेर वाहिर दिन्छु । डराइ डराइ समात्छ । र खान्छ । म हेरिरहन्छु । मेरो चिया पनि उसकै गिलासमा थपिदिन्छु । सिनित्तै खाएर ऊ गिलासको पीँधमा अल्झेका पाउरोटी गिलास मुखमा लगेर टकटकाउँदै जान्छ उठेर । जेब्रक्रस गरेर पारि पुगेर एकपल्ट फर्केर हेर्छ । हाम्रो आँखा जुध्छ । हामी दुवै संवोधनमा मानिस तर पृथक ।

हो ऊ मेरो असफलताको कथामा थप असफलताको मोहर लगाएर जान्छ । मैले उसलाई वोलाएर मानव मानव बीचको भयानक पृथकता र त्यसको हिनतावोध उसमा झन झगाँएर पठाएँ ।

छुटाउनु भयो कि ?