Madhyabindu News App
अन्तर्राष्ट्रिय

म्यानमारकी नेतृ आङ सान सुकी सेनाको हिरासतमा

Madhyabindu Online


A A- A+

काठमाडौँ – म्यानमारको सेनाले त्यहाँको नेशनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) की सर्वोच्च नेता आङ सान सू कीलाई हिरासतमा लिएको छ ।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला नेतृ सुकीलाई पक्राउ गरिएको हो । सु कीको पार्टीले एक वक्तव्य जारी गरी यसबारेमा जानकारी दिएका छन् ।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सीट जितेको छ । तर, सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ ।

सोमबार (आज) हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ । केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो ।

पार्टी प्रवक्ता म्यो न्यूनले नेतृ सुकीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान नै सेनाले नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो । उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो ।

छुटाउनु भयो कि ?