Madhyabindu News App
प्रदेश २

पर्साको भिस्वा नाकाबाट सशस्त्र प्रहरीको सेटिङमा तस्करी हुने गरेको पर्दाफास

Madhyabindu Online


A A- A+

बिरगंज – पर्साको भिस्वा नाकाबाट सशस्त्र प्रहरी निरीक्षक संजिव बानियाँको सेटिङमा ठूलो तस्करी हुने गरेको पर्दाफास भएको छ। शनिबार राति करिब १२ बजे तिर सिमानाकामा भएको दुई थरि तस्करहरूको भिडन्त , ढुङ्गामुडा र केही घाइते भए पछि तस्करीको धन्दा बाहिर आएको हो । सशस्त्र प्रहरी निरीक्षक बानियाँले दुवै थरी तस्करसँग मासिक रकम लिएर एकथरीको मात्रै लाइन दिएको र अर्कोलाई नदिएपछि झडप भएको थियो ।

भिस्वाका स्थानीय व्यापारीहरुलाई सशस्त्र प्रहरी बंजारी भिस्वाका निरीक्षक बानियाँको सेटिङमा एउटा ट्रक र पिकअपको माल पारि लैजाने गरि तस्करीको लाइन दिएर सबै माल भित्रिएको हो । भारत सिक्टाका तस्करहरुसँग पनि बानियाँले महीनवारी बुझेर लाईन नदिए पछि तस्करहरु सिमानाकामा आ-आफै मा भिडन्त गरेका थिए । सशस्त्र प्रहरी निरीक्षक बानियाँको सहमतिमा शनिबार राति एक थरीको तस्करको सामान तस्करी गराएर अर्को थरी भारत सिक्टाको तस्करको सामान रोकेपछि भिडन्त भएको थियो ।

सशस्त्र प्रहरि निरिक्षक सञ्जिव बानियाँ

सिमानाकामा भएको झडपमा अर्को थरीको तस्कर समूहले सशस्त्र प्रहरीका निरीक्षक बानियाँलाई ५० हजार देखि १ लाख सम्म दिने गरेको स्रोतको दाबी छ । प्रहरीको नपाएको समूहले रिसमा प्रहरी बोलाएर आइतबार भारतको सिक्टामा रहेको अर्को समूह्कोको गोदाम बाट ३८० कार्टुन चाईनिज स्याउ छापामारी  सिक्टा थाना अध्यक्ष मनिष कुमार शर्मा र एसएसबि ४७ वि बटालियन बीओपी प्रभारी सहायक सेनानायक संदिप कुमारको सँयुक्त टोलीले बरामद गरेको थियो । भारत बिहार सिक्टा थाना अध्यक्ष मनिष कुमार शर्माको अनुसार प्रतेक कार्टुनमा २० -२० केजीको दरले कुल ७६ सौ किलो बरामद गरेको छ ।

थाना अध्यक्ष शर्माका अनुसार बरामद गरेको चाईनिज स्याउ बेतिया कस्टममा बुझाइएको छ । डिआइजीलाई झुक्याएर भिस्वा नाकाबाट खुलेयाम तस्करी चालू भएको छ । सीमाको सुरक्षा र चोरीतस्करी नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी राज्यले सशस्त्र प्रहरीलाई दिएको छ। त्यसैको लागि सीमा क्षेत्रमा बीओपीको सख्या बढाइएको छ। सीमाको त्यस बिओपीमा जाने निरीक्षक देखि सिपाही सम्म रकम कसरी कमाउन सकिन्छ चाहे त्यो तस्करी गराएर एनि हाउ पैसा कमाउ भन्ने अभियानमा भएको देखिन्छ । त्यसै भएर त पर्साको भिस्वा ,बुढगाई नाकाबाट खुलेयाम तस्करी भैरहेको छ।

No description available.

सशस्त्र प्रहरीको संरक्षणमा यस नाकाबाट दैनिक निर्वाधरुपमा भारतबाट नेपाल तर्फ २० देखि २५ वटा भैंसी , लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, गाडीको पाट्र्स भित्र्याउन छुट दिएका छन भने नेपालबाट भारत तर्फ चाईनिज सेव , मदिरा, केराउ, मरिच र छोगडा, खुखरी चुरोट, तस्करी गर्न छुट दिएका छन् ।प्रती भैंसी एक हजार र प्रती रंगा ५०० को दरले भैंसीतस्करहरु दिने गर्छ्न । सशस्त्र प्रहरी निरीक्षक संजीव बानियाँ आएको दिन देखि नै धेरै संचार माध्यममा तस्करी र घुमुवा लगाएर पैसा उठाएको कुरोलाई लिएर बदनाम हुँदै आएका छन । उनको प्रहरी संगठन भित्र ठूला दलका नेता सम्म उनको राम्रो पँहूच भएका कारण कुनै किसिमको कार्वाही नभएको सजिलै बुझ्न सकिन्छ ।

सीमानाकामा हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको राजस्व बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरी संगठनभित्रै रहेका यस्ता बदनाम प्रहरीले गर्दा संगठनकै नाम बदनाम भएको छ । संगठनको छविको धज्जी उडाउँदै पावरको गलत प्रयोग गरी बानियाँले बर्दीलाई कमाई खाने भाँडो बनाएका छन् । के सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका डिआईजी चन्द्रप्रकाश गौतम कर्वाही गर्लान अब यो हेर्न बाकी छ ।

छुटाउनु भयो कि ?