Madhyabindu News App
अन्तर्राष्ट्रिय

रुसले विकास गरेको कोरोना खोप ९२ प्रतिशत प्रभावकारी

Madhyabindu Online


A A- A+

काठमाडौं – रुसले विकास गरेको कोरोना भाइरस संक्रमण विरुद्धको स्पुटनिक भी खोप ९२ प्रतिशत प्रभावकारी भएको छ ।

अन्तिम चरणको परिक्षणका क्रमममा सो खोप उच्च रुपमा प्रभावकारी पाइएको बीबीसीले जनाएको छ ।

यो सँगै फाइजर, एस्ट्राजेनिका, मोर्डन तथा ज्यानसेन खोपसँगै स्पुटनिक पनि प्रयोगका लागि तयार भएको छ ।

सुरुवाती चरणमा सो खोपको प्रभावकारीताको सम्बन्धमा केही विवाद भएको थियो । सो खोपलाई पनि २ देखी ८ डिग्री सेल्सियस तापक्रमा भण्डारण गर्न सकिने छ ।

छुटाउनु भयो कि ?