Madhyabindu News App
अन्तर्राष्ट्रिय

म्यानमारमा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध

Madhyabindu Online


A A- A+

काठमाडौं – म्यानमारमा कू पश्चात सेनाले फेसबुक सहित विभिन्न सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

सामाजिक सञ्जाल मार्फत सेनाको कदमविरुद्ध भ्रमपूर्ण सन्देश फैल्याईएको भन्दै म्यानमार सेनाले आगामी आइतबार सम्मका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लगाएको हो । सामाजिक सञ्चालमा भएका पोष्टले देशलाई अस्थिरतातर्फ धकेलेको म्यानमारको सञ्चार तथा सूचना मन्त्रालयको दाबी छ ।

नेतृ आङ सान सूकी लगायत राजनीतिक दलका नेतालाई नियन्त्रणमा लिँदै गत सोमबार सेनाले कू गरी सत्ता हातमा लिएको थियो । सेनाले मन्त्रिपरिषद भन्दामाथि रहने गरी सर्वोच्च परिषद् गठन गरेको छ ।

दर्जन बढी अभियोग सहित सुचीलाई दुई साताका लागि हिरासतमा राखिएको छ । उनको रिहाई र सैन्य कू फिर्ताका लागि म्यानमारमा विरोध प्रदर्शन भइरहेका छन् । म्यनमारको कु असफल बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ भने विभिन्न देशले सेनाको सो कदमको विरोध गरेका छन् ।

छुटाउनु भयो कि ?