Madhyabindu News App
विचार-ब्लग

प्रधानमन्त्रीलाई खुल्ला पत्र

Madhyabindu Online


A A- A+

बुद्धि प्रसाद आचार्य
प्रधानमन्त्री ज्यू
नमस्कार ।

मलाई अस्ति जस्तो लाग्छ , हामीलाई झटका लाग्नेगरी अकस्मात कमरेड प्रचण्ड र तपाईंले अंगालो मारेर टिभीमा लाइभ भाषण दिएको । साच्चै भन्नुपर्दा मलाई त्याे बेलामा पनि उल्का खुशी लागेको हाेइन किनकि चटकमा जाेडिएकाे सम्बन्ध चटकमै भंग हुनसक्छ भन्ने लागेकै हाे तथापि हामी तलका साेझा नागरिकले एउटा आशा के जगाएका थियौं भने कम्तीमा देशमा एउटा स्थायी सरकार बन्छ र हामी तलका भुई मान्छेले आरामले आफ्नो जहान परिवारका लागि आफ्नै मर्जीले केही गरिखाने वातावरण बन्छ ।

त्यही आशाले ब्याजमा लिएको खल्तीकाे ३०/४० हजार रकम र एक डेढ महिना समय तपाईंहरुका लागि दियौं अब पाँच बर्ष ढुक्कसँग सरकार चलाउनुस र देशलाई समृद्ध बनाउनुस भनेर । तपाईंका कति कार्यकर्ता अझै चुनावमा खाएको हाेटेलकाे बिल भुक्तानी गर्न नसकेर बाटो छलि छलि हिडिरहेका छन । यसाे कहिलेकाही भुँइतिर पनि फर्केर हेर्ने गर्नुस त । अझै तपाईंलाई सरम छैन है जनता र कार्यकर्ताले झण्डै दुई तिहाइ बहुमत दिएर पठाउदा पनि नपुगेर दुई बर्ष आयु बाँकी छँदाछँदै संसदकाे घाँटी रेटेर राम्रो काम गरेँ भन्न ?

मैले माने प्रधानमन्त्री ज्यू , माधव प्रचण्ड झलनाथ सबै खराब हुन बेमाैसममा पद मागे , तपाईं संग खाेस्न खाेजे , तपाईंका खास खास मान्छेलाई ल्याउन दिएनन् त्यसको उपचार त तेत्राे सार्वभाैम संसद थिएन ? तपाईंलाई जसले बिश्वासकाे मत दियो उसैसंग एकपटक साक्षात्कार गर्न पर्दैनथ्याे ? अर्को छाेरालाई मात्रै माया गरिन भनेर आमाकै घाँटी रेट्ने ? एक नम्बरको अध्यक्ष भन्नू हुन्छ अभिभावक भएसि मिलाउने जिम्मेवारी तपाईंको हैन ? पुस ५ गतेदेखि मैले कसैको पक्ष र बिपक्षमा खासै लेखेको छैन तर आज तपाईंको शक्ति प्रदर्शनका केही तस्बिर देखेपछि बाध्य भएर यति लेखियाे यसको अर्थ म प्रचण्ड – माधव समुहको भक्तिगान गाउने भक्त पनि हैन । तपाईंका साइबर सेनाको निशानामा नपरियाेस ।

दुई बर्ष जति पहिला यसैगरी काठमाडौंका बिजुलीका खम्बाहरुमा नयाँ युगमा प्रवेश भनेर तपाईंका तस्बिर झुन्डिएका थिए फर्केर हेर्नु भाे ? आज त लाजमर्दो नै लाग्यो एउटा कम्युनिस्ट पार्टीको नेताकाे यतिबिघ्न ब्यक्ति पुजा र त्यसप्रति तपाईंको माेह । ठ्याक्कै राजा ज्ञानेन्द्रकाे झल्को । प्रचण्ड कमरेडकाे यस्तै प्रचण्ड पथकाे र प्रचारकाे माेहले ०६४ सालको त्यत्रो पार्टीको शाख बचाउन कांग्रेस र तपाईंको सहारा लिन परेको धेरै भएकाे छैन । भाेलि तपाईं लाई पनि समूह बचाउन कमल थापाहरुकाे सहारा लिन नपराेस । शुभकामना ।

इन्द्रावती -५, सिन्धुपाल्चोक

छुटाउनु भयो कि ?