Madhyabindu News App
अन्तर्राष्ट्रिय

म्यान्मारमा सेनाविरुद्ध प्रदर्शन, इन्टरनेट सेवा बन्द

Madhyabindu Online


A A- A+

काठमाडौं – म्यान्मारको सेनाले सत्ताले हत्याएको विरोधमा हजारौँ नागरिक ठूलो र्‍यालीमा सहभागी भएपछि त्यहाँ इन्टरनेट सेवा बन्द गरिदिएको छ ।

निगरानी समूह नेटबल्क्स इन्टरनेट अब्जरभेटरीका अनुसार इन्टरेनटमा करिब पूर्ण अवरोध छ र सामान्य अवस्थाको इन्टरनेट सम्पर्क सेवा १६ प्रतिशतमा झरेको छ ।

प्रदर्शनका निम्ति मानिसहरू परिचालन गर्न नदिन सेनाले इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो ।

एक दिनअघि फेसबुकमा प्रतिबन्ध लगाइएको थियो । कैयौँ मानिसले भर्चूअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध छलेका छन् । तर अन्यथा सबैजसो सेवा गम्भीर रूपमा अवरुद्ध भएको छ ।

देशको मुख्य सहर याङ्गुनमा भिडले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । दङ्गा प्रहरीहरूले सहरको मुख्य भागमा मुख्य मार्गहरू बन्द गरेका छन् ।

छुटाउनु भयो कि ?