Madhyabindu News App
प्रदेश १

ओली समूहका सांसदहरुको अवरोधका कारण प्रदेश १ को बैठक स्थगित

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रदेश नम्बर १ को प्रदेशसभा बैठक फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको छ । नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले अवरोध गरेपछि सभामुख प्रदीप भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले नारावाजिकासाथ अवरुद्ध गरेका थिए । उनीहरुले बैठक अवरुद्ध गरेपछि प्रचण्ड- नेपाल समुहले मुख्यमन्त्रि शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता हुन सकेन ।

ओली पक्षका सांसदहरुले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदहरुलाई प्रवेश गर्न दिएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।

छुटाउनु भयो कि ?