Madhyabindu News App
अन्तर्राष्ट्रिय

इथियोपियामा सहयोग बढाउँदै राष्ट्रसंघ

Madhyabindu Online


A A- A+

काठमाडौं – संयुक्त राष्ट्रसंघले इथियोपियाको द्वन्द्वग्रस्त टिग्रे क्षेत्रमा सहयोग बढाउने भएको छ । टिग्रेमा मानवीय संकट उत्पन्न हुने त्रासकाबीच विश्व खाद्य कार्यक्रम डब्लुएफपीका प्रमुख डेभिड बेस्लेले सहयोग बढाउने घोषणा गरेको हो ।

सरकार र डब्लुएफपीबीच सम्झौता भइसकेको भन्दै उनले सहयोग अभियान तीब्र पारिने बताए । टिग्रेमा स्थानीय र केन्द्र सरकारबीचको तनाव बढ्दै गएर लामो समयदेखि युद्ध भइरहेको छ ।

केन्द्र सरकारले टिग्रेको सत्तारुढ टिग्रे पिपल्स लिबरेशन फ्रन्टमाथि हवाई र स्थल कारवाही जारी राखेको छ । टिग्रे प्रशासनले पनि उत्तरी क्षेत्रमा रहेको संघीय सेनाको आधारशिविरमा आक्रमण गरेको छ ।

दुई पक्षबीचको युद्धका क्रममा हालसम्म सयौंले ज्यान गुमाइसकेका छन् भने हजारौं विस्थापित भएका छन् । सो क्षेत्रमा ५० लाख मानिस बसोबास गरिरहेका छन् ।

टिग्रेमा प्रतिबन्ध लगाइएको भन्दै संयुक्त राष्ट्रसंघका अधिकारी र विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुले आलोचना गर्दै आएका छन् ।

छुटाउनु भयो कि ?