Madhyabindu News App
अन्तर्राष्ट्रिय

चीनले बीबीसी प्रसारणमा प्रतिबन्ध लगायो

Madhyabindu Online


A A- A+

एजेन्सी – चिनियाँ सरकारले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्युजको प्रसारण बन्द गरिदिएको छ । बिहीबार चीन सरकारले उक्त सञ्चार माध्यामको प्रसारणमाथि रोक लगाएको हो ।

कोरोना भाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्य विरुद्ध गरिएको दमन बारे बीबीसीले गरेका रिपोर्टिङ्गको चीनले आलोचना गरेको छ । चिनियाँ सरकारको निर्णयबाट “निराश” भएको बीबीसीले प्रतिक्रिया दिएको छ ।

बीबीसीले आफ्नो विज्ञप्तिमा भनेको छ, “चिनियाँ अधिकारीहरूले यस्तो निर्णय लिएकोमा हामी निराश भएका छौँ ।” बेलायका विदेशमन्त्री डोमिनिक राबले बेइजिङ्गको कदमलाई सञ्चार स्वतन्त्रतामाथि प्रतिबन्ध अस्वीकार्य भएको बताएका छन् ।

सञ्चार माध्यम सम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो ।

चिनियाँ नियामक निकायले बीबीसी वर्ल्ड न्यूजले समाचार सत्य र निष्पक्ष हुनुपर्ने र चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्‍याउन नहुने सहितका प्रसारण सम्बन्धी निर्देशिकाहरूको गम्भीर रूपमा उल्लङ्घन गरेको जनाएको छ ।

छुटाउनु भयो कि ?