Madhyabindu News App
अन्तर्राष्ट्रिय

बेलायती राजकुमार ह्यारी दम्पतीको सबै मान पदवी खारेज

Madhyabindu Online


A A- A+

काठमाण्डौं – बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज भएको छ। बेलायतका महारानी एलिजावेथ द्वितीय राजकीय सदस्यबाट हटाउँदै राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मर्केलको मान पदवी खारेज भएको घोषणा गरेकी छन्। बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेको हो।

केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो।

महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पतीसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको उल्लेख गरेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन्।

राजपरिवारको सदस्यका रूपमा उनीहरूको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ। हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्बन्धलाई ह्यारीले वैवाहिक जीवनमा परिणत गरेका थिए। एजेन्सी ।

छुटाउनु भयो कि ?