Madhyabindu News App
प्रदेश १

प्रचण्डलाई राम राम भन्‍न सकिन्छ, काँध हाल्न सकिन्‍न : ओली

Madhyabindu Online


A A- A+

विराटनगर – प्रधानमन्त्री एवं नेकपा ओली समुहका अध्यक्ष केपी शर्मा ओलीले नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘राम राम भन्न सकिने तर काँध हाल्न नसकिने बताएका छन् । विगतमा माओवादी आन्दोलन सफल पार्न नसकेर आफ्ना सहकर्मी नेताहरुको साथ गुमाएका दाहाल फेरि एक्लिएकाले उनको असफलबाहेक अरु हात नलाग्‍ने दाबी गरेका हुन् ।

विराटनगरमा आफ्नो समूहको भेलामा ओलीले आफूले पटक पटक दाहाल र माधव नेपाललाई पार्टीमा फर्किएर आउन आग्रह गरेपनि उनीहरु नफर्किएकोले यस्तो अवस्थामा राम राम भन्नुबाहेक अरु विकल्प नभएको पनि ओलीले दाबी गरे ।

दाहाल–नेपालमा दम्भ र अहंकार बढेको बताउँदै ओलीले यसले उनीहरुलाई सिध्याउने पनि दाबी गरे । दाहाल असफल नेता भएकै कारण विगतमा मोहन बैद्य, बाबुराम भट्टराई र अहिले गृहमन्त्री रामबहादुर थापाले समेत साथ छाडेको ओलीले बताए ।

‘प्रचण्डको माया लाग्छ । पहिले वैद्य हुनुहुन्थ्यो । उहाँले छाड्नुभयो । त्यसपछि डाक्टर (बाबुराम भट्टराई) साथमा लिनुभयो । उहाँले पनि छाड्नुभयो’ ओलीले भने, ‘अहिले झाँक्री (रामकुमारी) साथमा लिनुभयो । झाँक्रीकाे भर लाग्दैन ।’

छुटाउनु भयो कि ?