Madhyabindu News App
राजनीति

“ओलीजी सरकार चलाउन नसके घरमा गएर सुत्नुस्”- गगन थापा

Madhyabindu Online


A A- A+

नवलपरासी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगलतिर गएर बस्न सुझाव दिएका छन् । नेपाल तरुण दल पश्चिम नवलपरासीले शनिबार गरेको विरोधसभामा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकार र संसद्‍मा बस्न मन नलागे प्रधानमन्त्री ओलीलाई जंगलतिर जान सुझाव दिएका हुन् ।

संसद्को ताला चाबी राष्ट्रपतिलाई बुझाएर प्रधानमन्त्रीले भगौडा शैली देखाएको उनको आरोप थियो । ओलीलाई भगौडाको संज्ञा दिँदै उनले भने, ‘ओलीजी सरकार चलाउन नसके घरमा गएर सुत्नुस् । तर तपाईंलाई संसद विघटनको अधिकार छैन ।’

ओलीले नेकपा एमाले नामको पार्टी दर्ता गराएको ठोकुवा गर्दै थापाले अदालततर्फ संकेत गर्दै केपी ओलीको सेटिङलाई भत्काइदिएर आम नेपाली जनताको पक्षमा फैसला गरिदिन आग्रह गरे ।

‘अहिले एकतर्फ केपी ओली र अर्कोतर्फ सिङ्गो देश छ’ थापाले भने,‘ओलीले हार्दा केहि फरक पर्दैन तर, देशले हार्न हुँदैन।’ अहिलेको लडाई चुनावमा जाने वा नजाने नभएर संविधान जोगाउनेकी अहिले सम्म जनाताको बलले प्राप्त गरेको सबै उपलब्धी गुमाउने भन्ने भएकोले नेपाली कांग्रेस संविधान रक्षाको पक्षमा रहेको बताए ।

ओली भक्तहरुले अहिलेको जनमत ओलीको लागि भएको भनेर भजन गाउने गरेको भन्दै थापाले अहिलेको ब्यबस्था अनुसार ओली झापाबाट निर्वाचित भएको एक सांसद मात्र भएको बताए ।

छुटाउनु भयो कि ?