Madhyabindu News App
राजनीति

केपी ओलीले जनता सँग माफी माग्नुपर्छ – प्रदिप पौडेल

Madhyabindu Online


A A- A+

स्याङ्जा– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री के पी शर्मा ओलीले जनता सङ्ग माफी माग्नुपर्ने बताएका छन् । नेपाल तरुण दल आधिखोला गाउपालिका स्याङ्जा द्वारा आयोजित ,”बर्तमान राजनीतिक परिस्थितिको बारेमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम”मा बोल्दै, नेता पौडेलले, ओली सरकारले कुनै काम गर्न नसकेको, लोकतन्त्र रक्षा गर्न नसकेको, चुनावमा सम्विद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाएका हुन् ।

नेकपाको २/३ बहुमत प्राप्त सरकारले देशको नेतृत्व गर्न नसकेको उनको भनाई थियो। । ‘ लामो समयपछि आन्दोलनबाट प्राप्त लोकतन्त्र नेकपा सरकारमा गएपछि झन् धरापमा पार्दै गएको छ, ३ वर्ष सम्म कुनै ठोस परिवर्तन हुन सकेको छैन, देशका समस्याहरू दिन प्रतिदिन बढ्दै गएको छ। कोभिड काे कारणले जनता अफ्ठयारोमा पर्दा पनि सरकारले कुनै योजना ल्याउन सकेन, समयमा मल उपलब्ध गराउन सकेन, चौतर्फी भ्रष्टाचार र महङ्गी मौलाएको छ । सरकारले कुनै कारवाही गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सकेन, नेकपाको पार्टी पनि असफल भइसकेको छ ‘, उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै उनले भने ‘ शक्ति पृथकीकरणको सिद्धान्त काँग्रेसले स्थापना गरेको मुद्धा हो । यसले स्वतन्त्र अदालतको परिकल्पना गरेको छ । तर, स्वतन्त्र भएर फैसला गर्दै गर्दा आन्दोलनबाट प्राप्त भएको शक्ति पृथकीकरणको सिद्धान्तलाई मार्न मिल्दैन । अदालतले कुल्चिने प्रयास गर्यो भने न्यायलयको दिवार भित्र नै न्याय मर्छ ।

‘यस्तै, केपी सरकारले गराउने चुनाव निष्पक्ष नहुने उनको तर्क थियो ।असंवैधानिक कदम नसच्चिई गरेको चुनावको वैधानिकता हुँदैन । त्यो झन् असंवैधानिक हुन्छ । त्यसले क्राङ्गेश प्रस्ट हुनुपर्छ, केपी ओलीका कदम नसच्चिए सम्म चुनावमा जानु भनेको असंवैधानक कदमलाई स्विकार्नु हो । ओलिको तानशाही व्यवस्थालाई लोकतान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो । कांग्रेस असत्यकाे पछाडि उभिनु हुँदैन ।

छुटाउनु भयो कि ?