
खेलकुद
एभर्टनसँग लिभरपुल पराजित
काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।
एभर्टनले उसकै घरेलु मैदानमा लिभरपुललाई २–० ले पराजित गरेको हो । एभर्टनका लागि तेस्रो मिनेटमा रिचार्लिसन तथा ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा गिल्फी सिगुर्डसनले गोल गरेका हुन् ।
पराजित भएको लिभरपुल २५ खेलबाट ४० अंकसहित छैटौँ तथा एभर्टन २४ खेलबाट ४० अंकसहित सातौँ स्थानमा छ ।
छुटाउनु भयो कि ?
स्थानीय तह