
पर्सामा प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ
धर्मेन्द्र प्रसाद यादव/विरगंज – पर्सा प्रहरीले जिल्लाकाे बिरगंज माहानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका वार्ड नः ३२ चोर्नी बस्ने रामनारायण मण्डलको छोरा अं.बर्ष २३ को हरेन्द्र मण्डलरहेकाे जानएकाे छ ।
शनिबार बेलुका ३ :५५ बजेको समयमा प्रहरी चौकी ईनर्वा पर्साबाट चेकप्वाइन्टमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको अटोमा सवार मण्डललाई बिरगंजम.न.पा. वडा नं.१६ रजतजयन्ती चोकबाट लागूऔषध सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन ।
प्रकाउ परेका साथबाट नाईट्राभेट ट्याब्लेट १४४० पिस र सेमफेक्स ट्याब्लेट ९६ पिस बरामद भएकोे पर्सा प्रहरीले जनाएको छ। निज मण्डललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।