Madhyabindu News App
मुख्य खबर​

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषदको बैठक

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार बिहान ९:३० बजे सुरक्षा परिषदको बैठक बोलाएका छन् । सुरक्षा परिषद्को नियमित बैठक भएको बालुवाटार स्रोतले जनाएको छ । मुलुकमा नयाँ राजनीतिक घटनाक्रम विकास भइरहेको बेला बोलाइएको सुरक्षा परिषदको बैठकलाई विभिन्न चर्चा परिचर्चा चल्न थालेको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागि हुनेछन् । यसै प्रसंगमा प्रधानसेनापति थापाले सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेका छन् । यो बिषय पनि सोमबार दिनभर चर्चामै रहेको थियो ।

नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ । त्यस्तै, समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न पनि परिषद्सँग अधिकार रहेको हुन्छ ।

बैठकलाई नियमित भनिएपनी मुलुकमा बढेको राजनितीक सरगर्मि बढेको बेला बोलाइएको यो बैठकलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

छुटाउनु भयो कि ?