Madhyabindu News App
आर्थिक

आईपीओ निष्कासन गर्ने तयारीमा ८ जीवन बीमा कम्पनी

Madhyabindu Online


A A- A+

काठमाडौं – आईपीओ निष्कासन गर्ने तयारीमा रहेका नयाँ आठ ओटा जीवन बीमा कम्पनीको नाफा कुल १७ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालू आवको दोस्रो त्रैमाससम्म आठ ओटा कम्पनीले कुल रू. १६ अर्ब ६ करोड ६७ लाख बीमाशुल्क आर्जन गरेका हुन् । साथै, यी आठ ओटै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । आठ ओटा कम्पनीमध्ये ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को अनुमति पाएको छ ।

कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । कतिपय कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएका छन् भने केही कम्पनीको बाँकी रहेको छ ।

साथै, दायित्व बहन गर्ने क्षमता औषत मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीले ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । सेबोनमा निवेदन दिन बाँकी सात ओटा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर सेबोनमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछन् ।

                                                                       स्रोत : कम्पनीद्वारा प्रकाशित चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण 

छुटाउनु भयो कि ?