Madhyabindu News App
समाज

भातिज अपहरण गरेको आरोपमा काकासहित दुई पक्राउ

Madhyabindu Online


A A- A+

जनकपुरधाम – सिरहा प्रहरीले आफ्नै भतिजको अपहरण गरेको आरोपमा काकासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका-१ डुम्बाखाताका कुलदिप यादव र वडा नं. १५ सुखचैनाका भरोसी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार  पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । गत माघ २० गते सिरहाको सिरहा नगरपालिका-१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव घरबाट बेपता भएका थिए ।

अनुसन्धानको क्रममा अपहरणमा पारिवारिक सदस्यकै संलग्‍नता देखिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो । अनुसन्धानबाट बालककै काकाको संलग्‍नता देखिएपछि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक शर्माले बताए ।

छुटाउनु भयो कि ?