Madhyabindu News App
मुख्य खबर​

विप्लव माओवादीले ओली सरकारसँग वार्ता नगर्ने संकेत

Madhyabindu Online


A A- A+

काठमाडौं – केपी ओली नेतृत्वको कामचलाउ सरकारले बिप्लव माओवादीसँग वार्ता गर्ने भनिरहेको बेला उक्त पार्टीका नेता धर्मेन्द्र बाँस्तोलालाई अदालतबाट रिहा भइसकेपछि हिरासतमा लिएको छ । बाँस्तोलालाई रिहा भइसकेपछि पुनः पक्राउ गरेपछि विप्लव माओवादी ओली सरकारसँग रुष्ट भएको छ ।

विप्लव माओवादी निकट जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले अब ओली सरकारसँग वार्ता नहुने, अर्को नयाँ सरकार बनेपछि मात्र वार्ता हुने बताएका छन् । थपलियाले ओली सरकारसित वार्ता नहुने कुरा प्रष्ट शब्दमा लेखेका छन् ।

बाँस्तोला गिरफ्तारीपछि थपलियाले सामाजिक संजालमा फेसबुकमा लेखेका छन्–‘एकातिर वार्ता भनेर फलाक्दै हिंड्ने पनि उनै, अर्कोतिर सर्वोच्च अदालतले दिएको बाध्यकारी रिहाइको आदेशलाई निर्ममतापूर्वक बुटले कुल्चँदै न्यायालयको गेटबाट पक्रने पनि उनै । वा ‘ओली बा’, मान्नुपर्छ तपैंको राजनीति, छलनीति र निचनीति ! कञ्चन कमरेड क्वै वात छैन ।

छुटाउनु भयो कि ?