Madhyabindu News App
समाज

सिराहामा बस दुर्घटना हुँदा १३ जना घाइते

Madhyabindu Online


A A- A+

लहान – सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तिपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचार भइरहेको छ ।

लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति पौने १२ बजे बिग्रिएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा ठोक्किएपछी दुर्घटना भएको प्रहरिले जनाएको छ ।

सिरहा प्रहरिका अनुसार ट्रक चालक फरार रहेकाले खोजी भइरहेको छ ।

छुटाउनु भयो कि ?