
मुख्य खबर
मन्त्रिपरिषद बैठक बस्दै, विप्लवको पार्टीमाथि लागेको प्रतिबन्ध हटाउने तयारी
काठमाडौं – सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)माथि लगाएको प्रतिबन्ध हटाउने भएको छ ।मंगलबार बिहान साढे १० बजे बोलाइएको मन्त्रिपरिषद बैठकले विप्लवको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।
हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बस्दैआएको मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री केपी ओली सोमबार कंचनपुरको कार्यक्रममा गएका कारण आज मंगलबारका लागि बैठक बोलाइएको हो ।
आजको मन्त्रिपरिषदको बैठकले विशेष निर्णय गर्ने तयारी गरेको चर्चा सोमबारदेखि नै हुँदैआएको थियो । त्यो विशेष निर्णय भनेको विप्लव माओवादीको प्रतिबन्ध हटाउने र वार्ता समिति बनाउने रहेको बालुवाटार स्रोतको दाबी छ ।
छुटाउनु भयो कि ?
स्थानीय तह