
खेलकुद
सेभिया स्पानिस ला लिगाको तेस्रो स्थानमा
काठमाडौं – सेभिया चालु स्पानिस ला लिगाको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ । सोमबार राति भएको खेलमा ओसासुनालाई २-० ले पराजित गर्दै सेभियाले बार्सिलोनालाई पछि पारेको हो ।
सेभियालाई जित दिलाउन डिएगो कार्लोस र लुक डी जोङले एक-एक गोल गरे । ओससुनाको मैदानमा भएको खेलको १९औं मिनेटमा डिएगोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा लुक डी जोङले सेभियाका लागि दोस्रो गोल गरे ।
जितपछि २३ खेलबाट ४८ अंक जोड्दै सेभिया तेस्रो स्थानमा उक्लेको हो । समान खेलबाट ४७ अंक रहेको बार्सिलोना चौथो स्थानमा झरेको छ ।
छुटाउनु भयो कि ?
स्थानीय तह