Madhyabindu News App
समाज

मित्रसेन दाहालको नाममा ५ करोडको अक्षयकोष घोषणा

Madhyabindu Online


A A- A+

काठमाडौं – ज्येष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियन्ता मित्रसेन दाहालको स्मृतिमा पाँच करोड रुपैयाँको अक्षयकोषको घोषणा गरिएको छ ।

सामाजिक अभियानमा सक्रिय रहँदा-रहँदै हृदयाघातबाट मृत्यु भएपछि दाहालको १२औं पुण्यतिथिमा अक्षयकोष घोषणा गरिएको हो । दाहालको गत फागुन ७ गते ५८ वर्षको उमेरमा निधन भएको थियो ।

मित्रसेन दाहालको बहुआयामिक व्यक्तित्वलाई चीरस्थायी बनाई राख्न र मैत्री सेवा आश्रमसहित अन्य विविध सामाजिक कार्यलाई सहयोग पुर्याउन कोषको रकमबाट आएको आम्दानी खर्चने कोष सञ्‍चालक समितिले जनाएको छ ।

अक्षयकोष सञ्‍चालक समितिले कोषको नाम ’मित्रसेन दाहाल ज्येष्ठ नागरिक सेवा कोष’ नामांकन गरेको छ । कोषमा प्राथमिक चरणमा परिवारका सदस्यहरूसहित शुभचिन्तकहरुले स्थापनाकै दिन करिब सवा ५५ लाखको योदान दिएका छन् । भाइ तथा जेपी प्रतिष्ठानका सञ्‍चालक हरि दाहालबाट ११ लाख ११ हजार एक सय ११ तथा मित्रसेन दाहालकी पत्नी शकुन्तला दाहालबाट पाँच लाख ५५ हजार ५५५ रुपैयाँ योगदान गरेका छन् भने अन्य सहयोगीहरुको योगदानबाट मंगलबारै कोषमा ५५ लाख २१ हजार ८२१ रुपैयाँ जम्मा भएको छ ।

नेपालमा विज्ञापन व्यवसाय र विकास नामक पुस्तकका लेखकसमेत रहेका दाहाल विज्ञापन संघका संस्थापक अध्यक्ष हुन् । नेपालमा विज्ञापन एजेन्सीमार्फत व्यवसाय प्रवर्द्धन गर्ने सुरुवातकर्ता दाहाल निजी स्तरको सगरमाथा टेलिभिजनका संस्थापकमध्येका एक हुन् ।

दाहालको जम्म २०१९ साल मंसिर ४ गते ओखलढुंगाको बरुणेश्वर गाविस, ४ लामिडाँडा भएको थियो ।

छुटाउनु भयो कि ?