एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्षको जिम्मेवारी खोसियो (सूचीसहित)
जग्गा ठगिको आरोपमा एक पक्राउ
बिरगंज – बिरगंजका जग्गा कारोवारी प्रेम जाटिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले आज प्रेम जाटियालाई जग्गा ठगिको आरोपमा मंगलबार पक्राउ गरेको हो।
जग्गा ठगीको आरोपमा उजुरी गरेपछी अनुसन्धानको लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
श्रीराम कोलोनी छपकैयाको जग्गा आफुलाई बिक्रि गरि अहिले ठगिएको भनि १७ जनाले उजुरी गरेपछि सो आधारमा पक्राउ पुर्जी जारी भए पश्चात आज पक्राउ गरेको हो। भोलि ५ दिनको म्याद थप गरि आवस्यक अनुसन्धान गर्ने खनालले बताए ।