Madhyabindu News App
प्रदेश २

सिन्धुपाल्चोक भोटेकोशीका मिङमा शेर्पा चरेस सहित पर्सामा पक्राउ

Madhyabindu Online


A A- A+

धर्मेन्द्र प्रसाद यादव/ विरगंज – जिल्ला प्रहरि कार्यालय पर्साले एक कैदिबन्दिका आफन्तलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक भोटेकोशी गा.पा.१ स्थायी ठेगाना भएका वर्ष २० का थुनुवा लाक्पा शेर्पालाई भेट्न आएका निजका दाइ नुर्बु शेर्पाको छोरा वर्ष २२ का मिङमा शेर्पालाई चरेस सहित पक्राउ गरेको हो ।

कारागार पर्सामा ड्युटीमा खटिएको कारागार सुरक्षा गार्डको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा मंगलबार बिहान १०:३० बजेको समयमा जिल्ला अदालत पर्साको आदेशले लागु औषध मुद्दामा पुर्पक्षको लागि जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा.१ स्थायी ठेगाना भएका वर्ष २० का लाक्पा शेर्पा थुनामा थिए ।

उनलाई भेट्न आएका निजका दाइ मिङमा शेर्पालाई खानतलासी गर्दा थुनामा रहेको भाईलाई भेट्न आउँदा कालो प्लाष्टिकको झोलाभित्र रहेको स्पोर्ट्स जुत्ताको दुवै जुत्ताको तलुवाभित्र लुकाइछिपाई ल्याएको चरेशको धूलो अन्दाजी १० ग्राम फेला पारी प्रहरिले बरामद गरेको थियो ।

निज मिङमा शेर्पालाई नियन्त्रणमा लिई ला.औ. मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

छुटाउनु भयो कि ?