Madhyabindu News App
मुख्य खबर​

वनमन्त्री आलेलाई एक अर्ब घुसको प्रस्ताव राख्ने को ?

Madhyabindu Online


A A- A+

काठमाडौं – वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई १ अर्ब रुपैयाँको घुसको प्रस्ताव आएको बताएका छन् । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उदघाटन कार्यक्रममा आलेले आफुलाई  एक अर्ब रुपैयाँको प्रस्ताव आएको खुलासा गरेका हुन् ।

आलेले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न उक्त आर्थिक प्रलोभन देखाइएको बताएका हुन् । मन्त्रि आलेले उक्त प्रस्ताव को बाट आएको भन्नेचाहिँ खुलाएनन् ।

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागीय मन्त्रीले कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताएका हुन् । गएको  माघ ११  मा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।

छुटाउनु भयो कि ?