फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

प्रदेश १ को प्रदेश सभाको बैठक चैत २ गते बस्ने
मोरङ – प्रदेश १ सभाको प्रदेशसभा बैठक आगामी चैत २ गतेसम्मका लागि स्थगित भएको छ ।
बिहीबार दिउँसो १ बजे बोलाएको प्रदेशसभा बैठक विशेष कारणले चैत २ गते १२:३० बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलील
मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फाल्गुन ९ गते प्रदेशसभामा प्रवेश पाएको छ । उक्त प्रस्तावमाथि बिहीबारबाट छलफल सुरु हुने अवस्थामा सभामुख प्रदिपकुमार भण्डारीले बैठक मिति परिवर्तन गरेको हो ।
अब अर्को बैठक आगामी चैत २ गते दिउँसो १२ः३० बस्ने सचिवालयका सचिव पराजुलीद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । अधिवेशनको तेस्रो बैठकमा प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश गरिएको थियो ।